राजनीति

राप्रपा सांसदहरूद्वारा पशुपतिनाथ दर्शन



काठमाडौँ, १२ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले संसद्को शपथ ग्रहणअघि पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन गरेका छन् ।

राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाही सहित सांसदहरू खुश्बु ओली, भरत गिरी र सरस्वती लामाले आज बिहान पशुपतिनाथको दर्शन गरेका हुन्।

दर्शनपश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै नेता शाहीले आफूहरू कुनै पनि गलत काम नगर्ने अठोटका साथ भगवान् पशुपतिनाथसँग प्रार्थना गर्न आएको बताए । उनले भने, ‘हामीले जानेर वा नजानेर कुनै गलत काम नगरौँ भन्ने कामनाका साथ यहाँ आएका हौँ,’ ।