काठमाडौँ, १३ चैत । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
शुक्रबार सुनको मूल्य तोलामा रु २ लाख ८१ हजार निर्धारण भएको छ । महासंघका अनुसार बिहीबार सुन तोलामा रु २ लाख ८५ हजार ६०० मा कारोबार भएको थियो । यसअनुसार आज सुनको मूल्य तोलामा रु ४ हजार ६०० ले घटेको हो । त्यस्तै, आज सुन १० ग्रामको रु २ लाख ४० हजार ९१० कायम भएको महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा रु ४ हजार ६७० मा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलामा रु ४ हजार ८२० रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्