राजनीति

कसैप्रति प्रतिशोध होइन, न्यायको सुरुवात हो: गृहमन्त्री गुरुङ



काठमाडौँ, १४ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि गृहमन्त्री सुधन गुरुङले कसैप्रति प्रतिशोध नभई न्यायको सुरुवात भएको बताएका छन् । 

शनिबार बिहान दुई नेतालाई प्रहरीले नियन्त्रणमा लिएलगत्तै गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत सामाजिक सञ्जालमा ‘आयो गोर्खाली’ भनेर लेखेका छन् । 

उनले लेखेका छन्, ‘कानुनभन्दा माथि कोही छैन । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ । यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो । मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ ।’