काठमाडौँ, १४ चैत । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई पूर्वाग्रह तथा प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरेको बताउनुभएको छ ।
आज गुण्डु निवासबाट अध्यक्ष ओलीलाई पहरीले पक्राउ गरेको थियो । ओलीसँगै पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि उनकै निवास कटुञ्जेबाट पक्राउ गरेको छ । सोही विषयलाई लिएर महासचिव पोखरेलले पूर्वाग्रह र प्रतिशोत्रको राजनीति सरकारको लागि महँगो हुने चेतावनी दिनुभयो । सरकारलाई जिम्मेवार बन्न आग्रह गर्दै उहाँले अध्यक्षे ओलीलाई अविलम्ब रिहा गर्न आग्रह गर्नुभयो ।
उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘पूर्वाग्रह र प्रतिशोधको राजनीति धेरै महँगो हुन्छ । जिम्मेवार बन, अविलम्ब रिहा गर !’










प्रतिक्रिया दिनुहोस्