काभ्रे, १४ चैत । रोशी खोलामा आएको बाढीले बगाएर एक जना कामदारको मृत्यु भएको छ ।
रोशी गाउँपालिका वडा नं ७, कामीडाँडामा रोशी खोलाले बगाएर एक जना कामदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । उनका अनुसार, मृत्यु हुनेमा रोशी गाउँपालिका वडा नं ७ का अन्दाजी ४० वर्षीय कुर्साङ तामाङ रहेका छन् । उनी विपी राजमार्गको पुनर्निर्माण कार्यमा कार्यरत कामदार रहेको जानकारी प्राप्त भएको प्रहरी उपरीक्षक शाहले बताए ।
उनका अनुसार, शुक्रबार राती करिब ९ बजेको समयमा उनलाई रोशी खोलाले बगाएर मृत अवस्थामा फेला परेको सूचना प्राप्त भएको थियो ।










प्रतिक्रिया दिनुहोस्