राजनीति

एमालेले देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने



काठमाडौँ, १५ चैत । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने भएको छ । 

पार्टीले  भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगप्रति एमालेको असहमति र विरोध रहेको भन्दै उक्त घटना छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ । 

ओली पक्राउपछिको अवस्थाबारे संसदमा रहेका दलहरूसँगको संवादपछि सामूहिक प्रतिवादको संयोजन गर्न नेताहरू विष्णु पौडेल, रामबहादुर थापा, गोकर्ण विष्टलगायतलाई पार्टीले जिम्मेबारी दिइसकेको छ ।