समाचार

जिपको ठक्करबाट एक जनाको मृत्यु



काठमाडौँ, १५ चैत । गुल्मीको चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार चन्द्रकोटबाट शान्तिपुरतर्फ गइरहेको लु१ज १८३४ नम्बरको सफारी जिपले बाटो काट्दै गरेको चन्द्रकोट गाउँपालिका–४ निवासी ५५ वर्षीय तुलसी थापालाई शनिबार साँझ ठक्कर दिदा मृत्यु भएको हो ।

जिपको ठक्करबाट घाइते भएकी थापालाई स्थानीय स्वास्थ्य संस्थामा समान्य उपचारपछि लुम्बिनी मेडिकल कलेज प्रवास, पाल्पामा पठाइएको थियो ।

थापाको उपचारका क्रममा गए राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले जिपका चालक जीवन फौदारसहित सवारीसाधनलाई नियन्त्रणमा लिएको छ ।