काठमाडौँ, १५ चैत । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको थुनामुक्तिका लागि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर भएको छ ।
उक्त रिटमा सुनुवाइका लागि सोमबार (चैत १६) को पेसी तय भएको छ । ओली पत्नी राधिका शाक्यले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी हुन् । रिट निवेदकका तर्फबाट सर्वोच्चमा बहसपछि ओलीको थुनाबारे टुंगो लाग्नेछ ।
आधिकारिक रूपमा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नभइ पक्राउ गरेर थुनामा राख्ने कार्य गैरकानुनी र पूर्वाग्रही रहेको दाबी शाक्यको रिटमा छ ।










प्रतिक्रिया दिनुहोस्