काठमाडौँ, १५ चैत । राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियनले सरकारको प्रशासनिक सुधारसम्बन्धी निर्णयलाई स्वागत गर्दै युनियन भंग गरेको घोषणा गरेको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार २०८२ चैत १५ गतेदेखि लागु हुने गरी युनियन भंग गरिएको जनाएको छ । युनियनका अध्यक्ष राजु ओलियाद्वारा जारी विज्ञप्तिमा शासकीय सुधारसम्बन्धी एकसय कार्यसूचीअन्तर्गत प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययितासम्बन्धी बुँदा नं. १२ लाई मध्यनजर गर्दै युनियन भंग गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, कर्मचारी यूनियनका अध्यक्ष राजु ओलियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, शासकीय सुधारसम्बन्धी एकसय कार्यसूचीमध्ये (ख) को (उल्लेखित प्रशासनिक सुधार, पुनसंरचना र मितव्ययिता) बुँदा नं. १२ मा उल्लेख भएबमोजिम निर्णयलाई स्वागत गर्दै राष्ट्रिय परीक्षा बोर्ड, कर्मचारी यूनियन चैत १५ गतेबाट भङ्ग गरेको जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्