काठमाडौँ, १६ चैत । सुनसरीको बराहक्षेत्रमा एक १३ वर्षीया बालिकालाई जङ्गलमा लगेर निर्घात कुटपिट गरेको घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बराहक्षेत्र नगरपालिका वडा नं. २ स्थित बाइस बिघे जङ्गलमा बालिकामाथि कुटपिट गरी सोको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले दोषीहरूको खोजी तीव्र पारेको थियो । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले घटनामा संलग्न सुदिन राई, निशान राई र अर्का एक १७ वर्षीय नाबालकलाई पक्राउ गरेको हो ।
पक्राउ परेका २१ वर्षीय सुदिन, २० वर्षीय निशान र अर्का नाबालकलाई प्रहरीले चैत १३ देखि १५ गतेको बिचमा विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो। उनीहरू विरुद्ध बालबालिका विरुद्धको कसुरमा अनुसन्धान अगाडि बढाउन सुनसरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।










प्रतिक्रिया दिनुहोस्