काठमाडौँ, १७ चैत । धनुषामा १५ महिने बालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सहिदनगर नगरपालिका–६ हरबडा बस्ने मनोजकुमार मण्डलका १५ महिने छोरा कार्तिक मण्डलको आफ्नै घरअगाडि रहेको पोखरीमा डुबेर सोमबार साँझ मृत्यु भएको हो ।
प्रहरी घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्