काठमाडौँ, १७ चैत । संखुवासभाको चैनपुरमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।
१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चैनपुर नगरपालिका–७ का १९ वर्षीय युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
पीडित पक्षको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले युवकलाई पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेका युवकलाई आज सार्वजनिक गरेको छ । घटनाका आरोपित युवक माथि ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार पीडित बालिकाको परिवार माथि मुद्दा फिर्ता लिन धम्की दिन गरेको बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्