राजनीति

गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित



पोखरा, १८ चैत । गण्डकी प्रदेशसभाको मङ्गलबार बसेको बैठकले गण्डकी प्रदेश जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको छ ।

२०८१ चैत २२ गते दफावार छलफलका लागि सामाजिक विकास तथा कृषि समितिमा पठाइएको उक्त विधेयक प्रतिवेदनसहित प्रदेशसभामा प्रस्तुत गरिएको थियो । प्रदेशसभामा दफावार छलफल भएपछि विधेयक पारित भएको हो ।