काठमाडौँ, १८ चैत । वर्षा रोकिएपछि बीपी राजमार्गमा यातायात सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मंगलबार बेलुकादेखि वर्षा रोकिएको र जोखिम कम भएको कारण यातायात पुन: सञ्चालन गरिएको हो ।
मंगलबार साँझ ७ बजेदेखि पनौती, नमोबुद्ध, दाप्चा क्षेत्रमा भारी वर्षा भएपछि चौकीडाँडा–नेपालथोक खण्डमा वर्षातका कारण हुने जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको थियो । वर्षा रोकिएपछि काभ्रेभन्ज्याङ र नेपालथोकमा होल्ड गरेर राखिएका सवारीसाधन सन्चालन भएको छ ।
निर्माणाधीन रहेकाले बीपी राजमार्गको चौकीडाँडादेखि नेपालथोकसम्म रोशी खोलामै अस्थायी डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन हुँदै आएका छन् ।










प्रतिक्रिया दिनुहोस्