काठमाडौँ, १८ चैत । प्रहरी हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिने भन्दै रकम ठगी गर्ने दुईजना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिकाको मण्डिखाटारका ४५ वर्षीय हरिबहादुर थापामगर र ३७ वर्षीय मिठु मगर भनिने अनिता थापामगर छन् ।
गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनको क्रममा आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा पुर्पक्षका लागि सुन्धारा कारागारमा थुनामा रहेका तीनजना प्रतिवादीलाई छुटाइदिने भन्दै रकम लिएको आरोप उनीहरूमाथि छ ।
सर्वोच्च अदालतमा आफ्नो चिनजानको न्यायाधीशलाई भनसुन गरी उनीहरूलाई धरौटीमा छुटाइदिने भन्दै नौ लाख रुपैयाँ ठगेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्