काठमाडौँ, १९ चैत । प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर–७ स्थित चाँगाथलीबाट २१ जना जुवाडेहरूलाई पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक घर भएका ३२ वर्षीय दीपक बोहराले सञ्चालन गरेको ग्रिन सिटी भिल्लामा कौडी खेलिरहेको अवस्थामा गएराति जुवाडेहरूलाई प्रहरीले पक्राउ गरेको हो । जुवा खालबाट ९ लाख ७ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले बताए ।










प्रतिक्रिया दिनुहोस्