काठमाडौँ, २० चैत । धनुषाको लालगढबाट सशस्त्र प्रहरीका एक जना इन्स्पेक्टरलाई अख्तियारको टोलीले घुससहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इन्स्पेक्टर वकिल अधिकारी छन् । शुक्रबार उनलाई अख्तियारको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनको साथबाट घुस बापत लिएको ४० हजार नगद बरामद गरिएको अख्तियारले जनाएको छ ।
कमला–ढल्केबर–बागमती सडक खण्ड अन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधन रोकेर अवरोध सिर्जना गर्दै उनले घुस माग्ने गरेको आरोप छ । आरोपीमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्