राजनीति

सरकारले जनताको चाहनाअनुसार काम गर्छ : सांसद सिंह



काठमाडौँ, २० चैत । रास्वपाका सांसद डा. अमरेशकुमार सिंहले सरकार जनताको चाहना अनुसार अघि बढ्ने बताएका छन् ।

आज संघीय संसद् सचिवालय परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सरकार र पार्टी दुवै जनताको चाहनाअनुसार अघि बढ्ने टिप्पणी गरेका हुन् ।

सांसद सिंहले सरकारले कुनै पनि खालको भ्रष्टाचार र कुशासन स्वीकार नगर्ने समेत बताए । उनले भने, ‘पार्टी र सरकार दुवै जनताको चाहनाअनुसार अघि बढ्छ । परिवर्तनका लागि जनताले हामीलाई जिम्मा दिएको छ । हामी जनताको जीविकामा परिवर्तन देखाएर हाम्रो सरकार र पार्टीले जनतामा परिवर्तनको आभास गराउँछ,’ ‘म सम्पूर्ण सञ्चारकर्मीलाईं विनम्रतापूर्वक के आग्रह गर्न चाहन्छु भने–सरकारको काम तपाईंहरूले सूक्ष्म तरिकाले ३ महिना हेरिदिनुस् ।’