काठमाडौँ, २० चैत । बजारमा माछाको मूल्य बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज माछाको मूल्य बढेको हो ।
कालीमाटी बजारमा रहु, बचुवा र छडी गरी तीन प्रकारका माछा पाइन्छन् । बजारमा बेच्न राखिएका माछाको जात अनुसार मूल्य पनि फरक–फरक छ ।
आज छडी माछा प्रतिकिलो थोकमा औसत ७० रुपैयाँ बढेको छ । हिजो बिहीबार प्रतिकिलो २ सय ४० रुपैयाँमा किनबेच भएको उक्त माछा आज प्रतिकिलो ३ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै बचुवा माछाको मूल्य पनि प्रतिकिलो थोकमा औसत २० रुपैयाँ बढेको छ । हिजो बिहीबार प्रतिकिलो थोकमा औसत २ सय ७५ रुपैयाँमा किनबेच भएको बचुवा माछा २ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्