राजनीति

एमालेका नेताहरूलाई युवाले फूल दिएर गरे नेतृत्व फेर्न आग्रह



काठमाडौँ, २० चैत । नेकपा एमालेका युवाहरुले बुढा नेताहरूलाई फूल दिएर नेतृत्व फेर्न आग्रह गरेका छन् ।

आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा युवाहरुले नेताहरुलाई फूल दिएर नेतृत्व फेर्न आग्रह गरेका हुन् । यसअघि संसदीय दलको नेतामा रामबहादुर थापा बादललाई चयन गरेपछि पार्टीका युवाहरूले निरन्तर विरोध गरिरहेका छन् ।

उनीहरूले संसदीय दलको नेतामा सुहाङ नेम्वाङलाई चयन नगरेको भन्दै सोही दिन विरोध प्रदर्शन गरेका थिए । हिजो पनि पार्टी केन्द्रीय कार्यालयमा प्लेकार्डसहित प्रदर्शन, मौनधारण लगायतका कार्यक्रम गरिएको थियो ।

आज भने फूल दिएर नेताहरूलाई नेतृत्व परिवर्तनको रुपमा शुभकामना दिएका हुन् ।