राजनीति

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी



काठमाडौँ, २१ चैत । प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीले दाबी गरेको छ ।

अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीले उपसभामुखमा महिला उम्मेदवार खडा गर्ने बताएका हुन् । 

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाई दिइसक्यौँ अब उपसभामुख चयनको निर्वाचन हुँदैछ ।  हामी महिला उम्मेदवार खडा गर्दैछौँ । ‘ ‘हेरौँ नयाँले नयाँलाई भोट हाल्छ कि उही पुरानालाई ! ७ भोट आउँछ कि १८९?’