समाचार

१९ जना जुवाडे पक्राउ



काठमाडौँ, २१ चैत । काठमाडौँमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १९ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–६, सिमलटारका ५२ वर्षीय मैते तामाङसहितका व्यक्तिहरू पक्राउ परेका हुन् ।

तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद ६ लाख २७ हजार ५०० रुपैयाँ, आठ बुक तास र २८ थान कौडासहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।