काठमाडौँ, २२ चैत । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ ।
आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा चट्याङ्ग, असिना तथा हावाहुरीसहित मध्यम वर्षा र हिमपात हुनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एक–दुई चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेस र कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
कोशी, गण्डकी, कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा तथा बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भूभाग, कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेस र कोशी प्रदेशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्