Banner News

३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ : गृहमन्त्री गुरुङ



काठमाडौँ, २२ चैत । गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको टिप्पणी गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमा स्टाटस राख्दै गृहमन्त्री गुरुङले यस्तो बताएका हुन् । गृहमन्त्री रहेका गुरुङले शपथ लिएदेखि पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकलगायत पक्राउ परेका छन् । शनिबार (चैत २१) काठमाडौं उपत्यकाका छुट्टाछुट्टै ठाउँबाट गुन्डागर्दीमा संलग्नको आरोपमा विभिन्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

उनले लेखेका छन्, “३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ ।”