काठमाडौँ, २३ चैत । संसद् सञ्चालनमा दलहरूबीच सहमति जुटाउन र आगामी कार्यसूची तय गर्न आज सर्वदलीय बैठक बस्दै छ ।
संघीय संसद् सचिवालयले आज बिहान ११ बजे बैठक बोलाएको हो । बैठकले संसद्को कार्यसूचीलाई अन्तिम रूप दिने र सदनको कामलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्ने बताइएको छ ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठकमा प्रतिनिधिसभाको पहिलो बैठकमा पेस भएका तीनवटा अध्यादेशहरूलाई स्वीकृत गर्ने प्रस्ताव गृहमन्त्री सुदन गुरुङले पेश गर्ने सम्भावित कार्यसूची छ ।










प्रतिक्रिया दिनुहोस्