काठमाडौँ, २३ चैत । नेपाल राष्ट्र बैंकले ३ करोडभन्दा कमका ऋणको जोखिम भार घटाउन निर्देशन दिएको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै यस्तो भार घटाउन निर्देशन दिएको हो । यसअघि यी कर्जाको जोखिमभार शतप्रतिशत थियो ।
तर, यस्तो अण सहुलियत हुन कृषि, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्र हुनु पर्नेछ । त्यस्तै, ऋणको बीमा भएको वा पर्याप्त धितो कायम भएका ऋणका हकमा मात्रै यस्तो सुविधा पाइने राष्ट्र बैंकले जनाएको छ ।
सरकारले शासकीय सुधारका १०० कार्यसूचीमा साना तथा मझौला ऋणको जोखिम भार घटाउने विषय समावेश गरेको थियो ।
यो बुँदालाई कार्यान्वयन गर्न र यसअघिका राष्ट्र बैंकले नै ल्याएका एसएमई कर्जा विस्तारका कार्यक्रमलाई अघि बढाउन यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्