अर्थ

अर्थमन्त्रीसँग स्टक ब्रोकर एसोसिएसनले राख्याे ५ वटा माग



काठमाडौँ, २३ चैत । स्टक ब्रोकर एसोसिएसन अफ नेपालले पूँजी बजारमा देखिएका विद्यमान समस्याहरू समाधान गर्न अर्थमन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।

आज स्टक ब्रोकर एसोसिएसनका महासचिव भक्तिराम घिमिरे नेतृत्वमा गएको एसोसिएसनको टोलीले सेयर बजारका सम्बन्धमा सुधारका लागि यस्तो ध्यानाकर्षण गराएको हो । 

एसोसिएसनले अर्थमन्त्री वाग्लेसमक्ष पाँच बुँदे माग समेत पेस गरेको छ । ५६ लाख लगानीकर्ता र ९२ वटा ब्रोकर रहेको वर्तमान अवस्थामा बजारको विकासका लागि एसोसिएसनले माग राखेको महासचिव घिमिरेले जानकारी दिए । 

सो क्रममा अर्थमन्त्री वाग्लेले मागहरू पूरा गर्न सरकार सकारात्मक भएको बताएका थिए ।