अर्थ

व्यवसायी आत्तिनुपर्दैन, सरकारले धरपकड गर्दैन : अर्थमन्त्री वाग्ले



काठमाडौँ, २३ चैत । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले व्यवसायीलाई धरपकड गर्ने सरकारको कुनै योजना नभएको बताएका छन् ।

आज नेपाल आर्थिक पत्रकार समाज सेजनसँगको छलफलमा अर्थमन्त्री डा. वाग्लेले भने, “सरकारले धरपकड गर्ने कुनै नीति छैन,” “ढुक्क भएर व्यापार व्यवसाय गर्नुहोस् ।”

उनले सेयर बजारमा सम्पत्ति कहाँबाट ल्यायौ ? भनेर सोध्नै नपर्ने बताउँदै नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न पनि सरकारले केही काम गर्नैपर्ने अवस्था रहेको बताएका थिए ।

“अहिले बजार घटेको भए पनि आत्तिनुपर्ने अवस्था छैन,” उनले भने, “सुनौला दिन आउनेछन् । लगानीकर्ताले अध्ययन गरे पनि हुन्छ । सेयर बजारप्रति यो सरकार उदार छ ।”