काठमाडौँ, २४ चैत । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् ।
उनलाई सोमबार राति ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।
अस्पतालका निर्देशक डा. रत्नमणि गजुरेलले प्रेसर (उच्चरक्तचाप) बढेकाले अस्पताल भर्ना गरिएको बताए । ‘राति सुत्ने बेला असहज भएपछि अस्पताल ल्याइएको थियो । अस्पताल ल्याई पुर्याउँदा प्रेसर उच्च थियो,’ डा. गजुरेलले भने, ‘पेटमा ग्यास पनि भरिएको थियो ।’










प्रतिक्रिया दिनुहोस्