काठमाडौँ, २५ चैत । बैंकिङ प्रणालीमा अत्यधिक तरलता छ । सोही तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बुधबार (चैत २५) बजारबाट २५ अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ ।
राष्ट्र बैंकले ५६ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत २५ अर्ब रुपैयाँ खिच्न लागेको हो ।
निक्षेप संकलनको बोलकबोल तथा निष्कासन आजै हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्नुपर्नेछ ।
बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् ।
बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । यसको साँवा र ब्याज भुक्तानी भने यही आगामी जेठ २० गते हुने बताइएको छ ।
साथै, यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी निष्कासित रकमबराबर बोलकबोल गर्न सक्नेछन् ।










प्रतिक्रिया दिनुहोस्