एजेन्सी, २५ चैत । लेबनानमा इजरायल र इरान समर्थित सशस्त्र समूह हेजबुल्लाहबिच एक महिनाभन्दा बढी समयदेखि जारी द्वन्द्वका क्रममा मृत्यु हुनेको सङ्ख्या १ हजार ५३० पुगेको छ । यो तथ्याङ्क देशको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै एएफपीले मंगलबार सार्वजनिक गरेको हो ।
प्राप्त विवरणअनुसार ज्यान गुमाउनेमध्ये १०२ जना महिला र १३० जना बालबालिका रहेका छन् । यसैगरी, द्वन्द्वमा ४ हजार ८१२ जना घाइते भएका छन् ।
यसैबिच हालै घोषणा गरिएको युद्धविरामबारे इजरायलले ‘दुई हप्ते युद्धविराम लेबनानमा लागू हुँदैन’ भन्ने स्पष्ट पारेको बताएको छ । तर पाकिस्तान र इरानले भने उक्त युद्धविराममा लेबनानलाई पनि समेट्ने बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्