समाचार

बलात्कार आरोपमा एक जना पक्राउ



काठमाडौँ, २५ चैत । कैलालीमा बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार २७ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा ३० वर्षीय कासिम अली जागारलाई पक्राउ गरिएको हो ।

महिलाले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार बेलुकी नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको छ ।