अर्थ

विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्यो



काठमाडौँ, २५ चैत । इरान र अमेरिकाबिच दुई हप्ते युद्धविरामको सम्झौता भएसँगै आज अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको घोषणा गरेसँगै इरानमाथि भएको आक्रमणपछि बन्द जस्तै रहेको होर्मुज जलमार्ग खुल्ने भएपछि अमेरिकी कच्चा तेलको मूल्य १५ प्रतिशतले घटेर प्रतिब्यारल ९६.३१ डलर र ब्रेन्ट क्रुडको मूल्य १३ प्रतिशतले ओरालो लागेर ९५.३६ डलरमा झरेको छ ।

विश्व बजारमा कच्चा तेलको मूल्य घटे पनि नेपालमा भने नघट्ने निगमले संकेत गरेको छ । नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले प्राविधिक र वित्तीय कारणहरू औँल्याएका छन् ।