राजनीति

सरकारी सुविधा पाउने पदमा आफन्तको नियुक्ति नगर्न महावीर पुनको आग्रह



काठमाडौँ, २५ चैत । स्वतन्त्र सांसद महावीर पुनले नातावाद, कृपावाद, चाप्लुसीवादको भाइरस बाट बच्न  सरकारलाई आग्रह गरेका छन् । 

आजको प्रतिनिधिसभा बैठकमा उनले भने, “अबदेखि फलाना सांसद, मन्त्री, फलाना नेताले आफ्नो आफन्त, इष्टमित्रलाई सुविधा दिने पदमा नियुक्त गरियो भन्ने सुन्न नपरोस्,” ।

उनको अभिव्यक्तिमा रास्वपा सांसदहरूले टेबुल ठोक्दै सहमति जनाएका थिए । 

त्यस्तै उनले जनताको समर्थनमा सरकार सञ्चालन गर्न चाहने जोसुकैले पनि पारदर्शिता र योग्यतामा आधारित नियुक्ति प्रणाली अपनाउनुपर्ने बताए । नेपालको आर्थिक विकासका लागि विज्ञान तथा प्रविधिलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।