समाचार

करेन्ट लागेर एक बालकको मृत्यु



सर्लाही, २५ चैत । ईश्वरपुर नगरपालिका–१२ घारीबथानमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

बुधबार स्थानीय रामचन्द्र खड्काले कुलोबाट मोटर जडान गरी आफ्नै खेतमा सिँचाइ गरिरहेका बेला नजिकै खेलिरहेका राम बैलकोटीका ५ वर्षीय छोरा वियान्शलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि ईश्वरपुर नगर अस्पताल, बयलबास लगिए पनि उपचारका क्रममा दिउँसो करिब १२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।