काठमाडौँ, २६ चैत । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
सुन प्रतितोला रु चार हजार ३०० र चाँदी तोलामा रु १५० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार ७०० र चाँदीको मूल्य रु चार हजार ८७५ कायम भएको छ ।
हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९९ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार २५ कायम भएको थियो । मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९१ हजार ८०० र चाँदीको मूल्य रु चार हजार ८२० कायम भएको थियो ।










प्रतिक्रिया दिनुहोस्