काठमाडौँ, २६ चैत । प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सरस्वती लामाले उम्मेदवारी दर्ता गरेकी छन् ।
लामाले राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीलाई प्रस्तावक र राप्रपाकै अन्य सांसदहरू खुश्वु ओली, ताहिर अलि र भरत गिरीलाई समर्थक राखेर उम्मेदवारी दर्ता गराएकी हुन् ।
लामालाई सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन गर्ने बचन दिएको छ । रास्वपाले समर्थन गरेमा लामा उपसभामुख हुने निश्चित छ ।










प्रतिक्रिया दिनुहोस्