राजनीति

श्रम संस्कृतिबाट रुवी कुमारीले दर्ता गरिन् उपसभामुखमा उम्मेदवारी



काठमाडौँ, २६ चैत । प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीबाट रुवी कुमारीले उम्मेदवारी दर्ता गरेकी छन् ।  कुमारीलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल नेकपा एमालेले समर्थन गर्ने बताएका थिए ।

पछिल्लो समय सत्तारुढ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि उनैलाई समर्थन गर्ने निर्णय गरेको छ । रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले रुवी कुमारीलाई समर्थन गर्ने जानकारी पत्रकारहरूलाई दिएका थिए । 

सङ्घीय संसद् सचिवालयले उसभामुखको उम्मेदवारी दर्ता गर्नका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकेको थियो ।