Banner News

श्रमसहित तीन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेनलाई



काठमाडौँ, २६ चैत । प्रधानमन्त्री बालेन शाहको काँधमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पनि आइपुगेको छ ।

मन्त्री दीपककुमार साह पदमुक्त भएपछि श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीकै काँधमा आएको हो । साहले श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डमा नियुक्ति दिँदा विभागीय मन्त्रीले ध्यान नपुर्‍याएको भन्दै रास्वपा सभापति रवि लामिछानेको सिफारिसमा प्रधानमन्त्रीले पदमुक्त गरेका हुन् । 
 
यससँगै प्रधानमन्त्री बालेनको काँधमा श्रम, रक्षा र उद्योग तथा वाणिज्य मन्त्रालयको जिम्मेवारी थपिएको छ । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार, मन्त्रिपरिषद्मा भएको हेरफेरको सूचना राष्ट्रपति कार्यालयलाई पठाइएको थियो । राष्ट्रपतिको कार्यालयले उक्त मन्त्रालय प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको कार्यभार हेरफेरको सूचना सार्वजनिक गरेको हो ।