काठमाडौँ, २७ चैत । सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने भएको छ ।
नेपाल सरकार, मन्त्रिपरिषद्को गत चैत २४ गतेको सिफारिसमा राष्ट्रपति पौडेलले आज राति १२:०० बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् । सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गरी बजेट अधिवेशनको तयारीका लागि यो सिफारिस गरेको हो ।
नेपालको संवैधानिक व्यवस्था अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था रहेको छ।










प्रतिक्रिया दिनुहोस्