राजनीति

उपसभामुखको निर्वाचनमा एमालेले भाग नलिने



काठमाडौँ, २७ चैत । नेकपा एमाले प्रतिनिधिसभाको उपभामुख पदका लागि हुने निर्वाचनमा भाग नलिने निर्णय गरेको छ ।

आज हुने उपसभामुख पदको निर्वाचनमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुरलाई सत्तारुढ दल रास्वपाले समर्थन गर्ने निर्णय गरेसँगै एमालेले नोट भोटको निर्णय गरेको हो ।

झन्डै दुई तिहाइ मत रहेको रास्वपा र श्रमसंस्कृतिसँगै, कांग्रेस, नेकपाले पनि रुबीकुमारीकै पक्षमा मतदान गर्ने निर्णय गरेका छन् ।

उपसभामुख पदका लागि राप्रपाकी सरस्वती लामा र श्रम संस्कृतिकी रुबीबीच चुनावी प्रतिस्पर्धान हुँदैछ ।