समाचार

पोखरामा नयाँ वर्ष महोत्सवको तयारी सकियो



काठमाडौँ, २८ चैत । पोखरामा हुने २१ औँ संस्करणको फेवा नव वर्ष महोत्सवको तयारी पूरा भएको छ । आइतबारदेखि सुरु हुने महोत्सव वैशाख १ गतेसम्म चल्नेछ ।

खहरेदेखि सहिद चोक बिचको सडकमा आयोजना हुने महोत्सवमा ३ लाख भन्दा बढी पर्यटक सहभागी हुने अनुमान गरिएको छ । आइतबार खहरे चोकबाट सांस्कृतिक झाँकी र र्‍याली अम्बोटमा पुगेर उद्घाटन समारोह हुनेछ ।

पर्यटन, संस्कृति र खानालाई जोड दिएर सडकमा नै हुन लागेको महोत्सवमा होटलहरुले २५ प्रतिशत छुट दिने अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

इ–सेवाबाट होटल बुक गर्दा १० प्रतिशत सम्म क्यासब्याक हुने अफर पनि ल्याएको छ । महोत्सवमा प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शनी, पञ्चेबाजा प्रतियोगिता र पर्यटक दौड प्रतियोगिता महोत्सवका मुख्य आकर्षण हुन् ।