काठमाडौँ, २८ चैत । चौलागाई प्रतिष्ठान केन्द्रीय कार्यसमितिद्वारा भित्तेपात्रो -२०८३ (क्यालेण्डर) विमोचन गरिएको छ ।
आज काठमाडौँको गोकणेश्वरको जगडोलमा आयोजित नयाँ वर्ष २०८३ सालको शुभकामना आदानप्रदान, क्यालेण्डर विमोचन तथा बनभोज कार्यक्रम आयोजना गरि उक्त क्यालेण्डर विमोचन गरिएको हो । प्रतिनिधिसभाका सांसद मुधुकुमार चौलागाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष डा. रमेश चौलागाई, पूर्वसल्लाहकार बद्री चौलागाई, सल्लाहकार होमाकान्त चौलागाई, सल्लाहकार केशव चौलागाई लगायतले शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै सांसद चौलागाईले आफ्नो सम्पूर्ण योग्यता, क्षमता तथा दक्षतालाई देश र जनताको पक्षमा समर्पण गर्ने उल्लेख गर्दै जनताको मतलाई मन–मनमा पुग्ने गरि नतिजामुखी कार्य गर्ने उल्लेख गर्नुभयो । चौलाागाई प्रतिष्ठान आफ्नो मार्गदर्शक मार्गको रुपमा रहेको उल्लेख गर्दै उहाँले प्रतिष्ठानको शीर झुक्न नदिने प्रतिवद्धता जनाउनुभयो । प्रतिष्ठानको सल्लाह, सुझावका आधारमा उक्त आवाजलाई संसदमा पुर्याउने प्रतिवद्धता जनाउँदै उहाँले प्रतिष्ठानको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका महासचिव बाबुराम चौलागाईले सञ्चालन गर्नुभएको कार्यक्रममा अध्यक्ष देवेन्द्र चौलागाईले कार्यक्रमको उद्देश्य तथा भावि योजनाहरुको बारेमा उल्लेख गर्नुभयो भने बरिष्ठ उपाध्यक्ष सीके चौलागाईले स्वागत मन्तव्य राख्नुभयो । दीपक चौलागाईको संयोजकत्वमा भएको कार्यक्रममा द्वितीय उपाध्यक्ष गोविन्द चौलागाई, तृतीय उपाध्यक्ष मेनुका चौलागाई, सचिव ओमप्रसाद चौलागाई, कोषाध्यक्ष तिर्थराज चौलागाई लगायतका प्रतिष्ठानका केन्द्रीय कार्यसमितिका सदस्यहरुको साथमा देशभरबाट करिव १५० जना चौलागाईहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । त्यस्तै विभिन्न प्रकारका नृत्य, कविता बाचन, खेल प्रतियोगिताहरु आयोजना गरिएको थियो । विजेताहरुलाई प्रतिभाको सम्मान गर्दै नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो । कार्यक्रममा आजीवन सदस्यता समेत वितरण गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्