काठमाडौँ, २९ चैत । गृहमन्त्री सुदन गुरुङ चितवनको नेपाल प्रहरी शिक्षालय भरतपुरमा पुगेका छन् ।
शनिबार मध्यराति उनलाई बागमती प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक रेग्मी, नेपाल प्रहरी शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापा र प्रहरी उपरीक्षक एक नारायण कोइराला लगायतले स्वागत गरेका छन् ।
यसअघि शनिबार नै मन्त्री गुरुङले मुग्लिन नारायणगढ सडकका विभिन्न खण्ड अनुगमन गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्