काठमाडौँ, २९ चैत । कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार कैलारी गाउँपालिका-१ स्थित हुलाकी राजमार्गमा सुप्रप्र ०१–००१ च ३७५३ नम्बरको बोलेरो पिकअप जिप र बा २६ प ३०२७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका-१९ फुलबारीका २२ वर्षीय राम मिलन चौधरीको मृत्यु भएको हो । गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि धनगढीको निसर्ग अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा शनिबार बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ ।
बोलेरो पिकअप र चालक भजनी नगरपालिका–५ का २३ वर्षीय राजु डगौरालाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्