अर्थ

आठ लाख नगदसहित दुई जना पक्राउ



काठमाडौँ, २९ चैत । सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट स्रोत नखुलेको नगद रु आठ लाखसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नियमित गस्तीमा रहेको प्रहरी टोलीले चन्द्रनगर गाउँपालिका–४ का २३ वर्षीय कृष्णकुमार पासवान र सोही पालिका–१ का ४१ वर्षीय शिवनारायण महतोलाई पक्राउ गरिएको हो । भारतबाट मोटरसाइकल चढेर आएका उनीहरूको शरीर खानतलासी गर्दा उक्त रकम बरामद भएको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।