समाचार

७ जना जुवाडे पक्राउ



काठमाडौँ, ३० चैत । कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिक चिया पसलबाट ७ जना जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।

गएराती सोही स्थानका पदमराज पन्तले सञ्चालन गरेको चिया पसलमा जुवातास भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो ।

प्रहरीले पसल सञ्चालक पदमराज पन्तसहित ७ जनालाई नगद ३६ हजार ४४२ रुपैयाँ र एक गड्डी ताससहित पक्राउ गरेको जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।