राजनीति

 जन्मँदै गरिब हुनु गल्ती होइन : मन्त्री गुरुङ



काठमाडौँ, ३० चैत । सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएसँगै आलोचना भएपछि गृहमन्त्री सुधन गुरुङले सरकारमा आउनुअघि बिना भ्रष्टाचार कमाउनु ‘पाप’ नभएको बताएका छन् ।

आज इन्स्टग्राममा लेख्दै मन्त्री गुरुङले सरकारमा आएर भ्रष्टाचार गरी कमाउनु चाही ‘पाप’ भएको टिप्पणी गरेका हुन् । 

उनले विरोधीहरूलाई जवाफ दिँदै लेखेका छन्, ‘तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो । चेतना भया !’