काठमाडौँ, ३० चैत । सभामुख डोलप्रसाद (डीपी) अर्याल पूर्वसभामुखहरूसँग छलफलमा गरेका छन् ।
उनले पूर्वसभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटघाट गरेका हुन् ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवहरूको आदान–प्रदान, संघीय संसदको प्रभावकारी सञ्चालन, विधायन प्रक्रियाको सुदृढीकरणका विषयमा विचारविमर्श भएको सभामुखको सचिवालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्