काठमाडौँ, १ बैशाख । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिन ५४ वटा व्यापारिक प्रतिष्ठान र फर्ममा विभागले अनुमगन गरेको छ ।
कालोबजारी नियन्त्रण, अखाद्य वस्तुको कारोबार नियन्त्रण गर्दै उपभोक्ताको अधिकार संरक्षणका लागि विभागले सोमबार एकैदिन ५४ वटा फर्ममा अनुगमन गरेको छ । विभागले काठमाडौँ महानगरपालिका-१४ मा अवस्थित खसीबजार आसपासका क्षेत्रमा अनुमगन गरेको थियो । विभागले सबै फर्मलाई सुधारात्मक निर्देशन दिएको छ ।










प्रतिक्रिया दिनुहोस्